इटहरी। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निःशुल्क दन्त उपहार शिविर सञ्चालन हुने भएको छ । विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी गाउँपालिकाले निःशुल्क दन्त उपहार शिविर सञ्चालन गर्ने भएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेका अनुसार यही चैत १५ र १६ गते पालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा शिविर सञ्चालन हुने भएको छ । पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरीको प्राविधिक सहयोगमा गाउँपालिकाले निःशुल्क दन्त शिविर सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष डा। चित्रकुमार माबो लिम्बूका अनुसार शिविरमा शिविरमा सबै उमेर समूहका नागरिकको दन्त परीक्षण तथा दाँत झिक्ने अर्थात उखेल्नुपर्ने अवस्था भएमा सो सेवा प्रदान गरिने छ। उमेर समूहअनुसार ६० वर्षभन्दा माथिका २० वटाभन्दा बढी दाँत नभएका नागरिकको निःशुल्क दाँत लगाइने उपाध्यष डा। लिम्बूको भनाइ छ । शिविरमा सिरिजङ्घावासी नागरिकले मात्र सेवा पाउने छन् ।