इटहरी । नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले इटहरीमा आयोजना गरिरहेको “टिभिएस एक्सचेञ्ज म्यानिया” मेला शुक्रबार सम्म सञ्चालन हुने भएको छ ।

इटहरीको पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम चैत १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको पाँचौ दिन सम्मा ९० वटा बढी सवारी साधन बिक्री वितरण भएको छ । साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ । पुराना सवारीको मूल्याङ्कनका लागि अनुभवी भ्यालुएटर परिचालन गरिएको छ ।

आयोजकका अनुसार मूल्याङ्कन पारदर्शी र पूर्वमै उच्चतम मूल्य ग्यारेन्टी रहेको  छ । बजार मूल्यभन्दा सस्तोमा सवारीसाधन पाएर खुशी भएको ग्राहकहरू बताउँछन्  । सञ्चालक लिलानाथ लुईटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले आर्कषक विशेष छुट , ८ हजार छुट, किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पाउने बताउनुभयो ।

हाल नेपाली बजारमा टिभिएसका २३ मोडेल उपलब्ध छन्। इटहरी, धरान, इनरुवा, दुहबी लगायत पूर्वी क्षेत्रका ग्राहकका लागि यो अभियान अवसरपूर्ण अफर रहेको छ । टिभिएसले पुरानो बाइक साटेर नयाँमा चढ्न मात्र होइन, त्यससँगै आर्थिक सजिलो, इन्जिनको दीर्घ ग्यारेन्टी र अफरको भरपर्दो व्यवस्था पनि सुनिश्चित गर्दै आएको छ ।