इटहरी | यही शनिवार  चैत ७ गते तेस्रो तरहरा अर्गानिक 10K रन हुँदैछ। खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको उक्त दौड प्रतियोगितामा कुल २ हजार ८ सय जना सहभागी रहने आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मनिराम श्रेष्ठ रहनेछन्। कार्यक्रमलाई सफल बनाउन विभिन्न शैक्षिक तथा संस्थागत साझेदारी पनि गरिएको छ। इभेन्ट एजुकेशन पार्टनरका रूपमा फुजिसान सगरमाथा बोर्डिङ स्कुल, इटहरी–१९ रहेको छ भने इभेन्ट स्टडी अब्रोड पार्टनरका रूपमा कंगारु एजुकेशन फाउन्डेशन (इटहरी, धरान र विराटनगर) रहेको छ।

दौडका संयोजक मिन कुमार खवासका अनुसार यो रन प्रत्येक वर्ष आयोजना हुँदै आएको छ र आगामी दिनहरूमा पनि निरन्तरता दिइनेछ। यस प्रकारका प्रतियोगिताले खेलाडीहरूलाई खेल क्षेत्रमा अगाडि बढ्न महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका अध्यक्ष शिव रूमडाली राईले जानकारी दिएका छन्।