इटहरी । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवाको इतिहास समेटिएको “इनरुवाको नालीबेली” नामक पुस्तक विमोचन गरिएको छ ।
इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले एक कार्यक्रमका बीच पुस्तकको औपचारिक विमोचन गर्नुभएको हो । देवीप्रसाद खतिवडा द्वारा लिखित उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्य लगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको बताइएको छ ।
८२ वर्षीय लेखक खतिवडाले लामो समयको अध्ययन र अनुसन्धान पछि पुस्तक तयार पार्नुभएको हो । पुस्तक लेखन तथा सामग्री संकलनको कार्यमा युवा प्रज्ज्वल काफ्लेले समेत सहयोग पु¥याउनुभ्एको छ । इनरुवाको इतिहास, विकासक्रम तथा विभिन्न सामाजिक गतिविधिलाई एकै स्थानमा समेट्ने प्रयास स्वरूप पुस्तक प्रकाशन गरिएको लेखकले बताउनुभएको छ ।
स्थानीय इतिहासलाई भावी पुस्तासम्म पु¥याउने उद्देश्यले पुस्तक तयार गरिएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो ।


