इटहरी । झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट झरेर सख्त घाईते हुनुभएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक ४ बस्ने मनोज आचार्यकी छोरी पाँच वर्षीया मानस्वी आचार्य रहनुभएको छ । शनिवार बिहान बिर्तामोड–५ बस्ने मञ्जु उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ–३ घर भएका हेमसागर भट्टराईकहाँ पाहुना आउनुभएकी वालिका आचार्यको मृत्यु भएको हो ।भट्टराई परिवार आचार्यको बुढो मामली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरको तीन तलामाथि कोठामा खेल्ने क्रममा झ्यालबाट लडेर बालिका घाईते हुनुभएको थियो । आचार्यलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिए पनि उपचारको क्रममा मृत्यु भएको हो । आचार्य बिहान साढे ८ बजे घरबाट झर्नुभएको थियो, उहाँको उपचारका क्रममा विहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


