इटहरी । एमआरआर टीम कोशी प्रदेशद्वारा केही समयअघि देखि इटहरीस्थित बुढीगंगा मुक्तिघाट नजिकै रहेको मन्दिर परिसरमा प्रत्येक शनिबार भजन–कीर्तन कार्यक्रम गरिदैछ ।
भजन–कीर्तन मार्फत आध्यात्मिक आनन्द र आत्मिक शान्ति अनुभूति गर्ने अवसर मिल्ने आयोजकको भनाइ छ । भजन–कीर्तन कार्यक्रममा सबै उमेर समूहका श्रद्धालुहरु सहभागी हुने गरेका छन् । आयोजकका अनुसार प्रत्येक शनिबार आयोजना हुने यस भजन कार्यक्रममा भक्तजनहरू भेला भई भक्ति, सेवा र श्रद्धाको वातावरणमा सहभागी भइरहेका छन् ।
यस्ता धार्मिक तथा आध्यात्मिक गतिविधिले समाजमा सकारात्मक ऊर्जा र आध्यात्मिक चेतना फैलाउने विश्वास गरिएको छ । एमआरआर टीमले सबै भक्तजनलाई समयमै उपस्थित भई भजन–कीर्तनमा सहभागी भई आध्यात्मिक लाभ लिन आग्रह गरेको छ ।


