इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उपमहानगर समितिले वडा नम्बर १४ र १५ मा आयोजना गरेको वडा भेलाबाट नयाँ वडा समितिहरू गठन गरिएको छ।
भेलाले दुवै वडामा नयाँ नेतृत्व चयन गर्दै समिति गठन गरेको हो। स्थानीय नेताहरूका अनुसार जनताको विश्वासलाई आत्मसात गर्दै पारदर्शिता, उत्तरदायित्व र जनहितका कार्यहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, सुन्दर र समुन्नत इटहरी निर्माणमा नवगठित समितिहरूले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
वडा नम्बर १४ को संयोजकमा मोहम्मद अकिल चयन हुनुभएको छ भने सह–संयोजकमा शिव कुमार शाह र सचिवमा प्रमिका कुमारी चौधरी चयन हुनुभएको छ । सदस्यहरूमा मोहम्मद सम्सुदिन, मोहम्मद सहजाद, जानकी कुमारी थरुनी, उषा कुमारी साहु, रिना चौधरी, रबिन चौधरी, सुशीला देवी चौधरी र सूर्य नारायण चौधरी रहनुभएको छ । त्यसैगरी वडा नम्बर १५ को संयोजकमा जय प्रकाश चौधरी चयन हुनुभएको छ । सह–संयोजकमा सञ्जिता कुमारी चौधरी र सचिवमा सुरज सदा चयन हुनुभएको छ ।
सदस्यहरूमा महेश चौधरी, श्याम चौधरी, सीता बि.क., विष्णु चौधरी, दिप नारायण चौधरी, चन्द्र बहादुर बास्तोला, कन्यासी चौधरी र पुष्कर चौधरी रहनुभएको छ । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


