इटहरी। हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । बाँकी पीडित परिवारलाई नगरपालिकाको तर्फबाट त्रिपाललगायतका राहत सामग्री खरिद गरेर उपलब्ध गराएको उहाँले बताउनुभयो ।


