इटहरी । धरान मन्टेश्वरी एकेडेमीले सोमबार २१ औं वार्षिकोत्सव तथा १९ औं दिक्षित समारोह सुरू भएको छ । 

धरान मन्टेश्वरी एकेडेमीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यलय धरानका प्रमुख मौसम डुङ्गेलको प्रमुख अतिथिमा कार्यक्रम गरिएको छ । धरानको सैनिक भवनमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका छन् ।  

कक्षा ग्पन देखि १ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दिक्षित गरिने भएको छ ।विद्यालयकी प्रिन्सिपल मैया राई अग्रवालका  स्थापना कालमा विभिन्न समस्या झेल्दै आएपनि अभिभावकको साथ र सहयोगले विद्यालयले सबैको मन जित्न सफल भएको बताउनुभयो ।

२०६१ सालदेखि सञ्चालनमा आएको धरान मन्टेस्वरी एकेडेमीले शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानमा आधारित शिक्षण पद्धति अपनाउँदै आएको छ। ‘खेल्दै सिक्ने’ शिक्षण विधिका साथै अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम लगायतका कार्यक्रममार्फत बालबालिकाको समग्र विकासमा विद्यालय केन्द्रित हुँदै आएको विद्यालयका प्रबन्ध निर्देशक दिपक अग्रवाले जानकारी दिनु भएको छ । भोलि १९ औं दिक्षित समारोह गर्ने भएको छ ।