इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले केही दिन यता निरन्तर रूपमा कोशी प्रदेशका विभिन्न जिल्लाहरूका जिल्ला अस्पताल आयुर्वेद र अन्य स्वास्थ्य संस्थाहरूमा अनुगमन तथा निरीक्षण गरिरहनु भएको छ।
यसै बीच मंगलबार संखुवासभा जिल्ला अस्पताल,जिल्ला आयुर्वेद अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री लिम्बुले यसै साता झापा, मोरङ , सुनसरी, ईलाम , पाँचथर, ताप्लेजुङ , धनकुटा, भोजपुर , सोलुखुम्बु, आदि जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
मन्त्री लिम्बुले जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने स्वास्थ्य अस्पतालहरुको जनसेवामा सहजीकरण, जनमैत्री कार्यसम्पादन , स्वास्थ्यकर्मीहरूको आत्मीय प्रस्तुतिकरण ,जनतालाई बिशेषज्ञ सेवा दिन गुणस्तर सेवा दिने , जनशक्ति अभावमा कार्यसम्पादनमा परेका समस्या र चुनौती तथा समाधानका उपायहरू ,कमी कमजोरीहरूको पहिचान र भविष्यमा सुधार गर्नुपर्ने लगायतका विविध पक्षहरूको अध्ययन गरिरहनुभएको जनाइएको छ ।


