काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
विद्युतीय चुरोट ९भेप०मा लुकाएर सुन तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महराविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले पूर्वसभामुख महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियारले महरा र सहसचिव पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो ।


