काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० कोशी प्रदेशका प्रवक्ता तथा मिडिया नेपालका प्रदेश अध्यक्ष विजयकुमार राउतले राजीनामा दिएका छन् । पार्टीको कार्यदिशा र मुख्य सिद्धान्तविपरीत उपसभामुख पदमा उम्मेदवारी दिएको भन्दै उनले बिहीबार सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका हुन् ।
आफ्ना मौलिक एजेन्डाहरू, संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य, राजनीतिक स्थिरता, राष्ट्रियता, सुशासन तथा सांस्कृतिक पहिचानलाई स्थापित र सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा पार्टीको कार्यदिशा र निर्णय यी आधारभूत एजेन्डाविपरीत उन्मुख हुँदै गएको उनले बताएका छन् ।
पार्टीप्रति आफ्नो समर्पण र योगदान हुँदाहुँदै पनि राष्ट्रहितलाई सर्वोपरि राख्ने सिद्धान्तअनुसार यस्तो निर्णयलाई स्वीकार गर्न आफू असमर्थ रहेको राउतको भनाइ छ ।


