इटहरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको तुम्वेवा गाउँपालिका २ मितोकबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुम्वेवा गाउँपालिका २ मितोक निवासी ३५ वर्षीय रमेश लावती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । लावतीलाई तुम्वेवा गाउँपालिका २ मितोक स्थित आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख अनिषकुमार कर्णले जाकारी दिनुभयो ।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका आङदेम्बे २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए । गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरी पाँचथर कारागार पठाएको छ । प्रहरीले यसअघि विभिन्न कारागारबाट भागेका १२ जनालाई पक्राउ गरेको थियो । लावी पक्राउ परेसँगै अब यो सङ्ख्या १३ पुगेको हो ।


