इटहरी । छैटौं कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकआउट प्रतियोगिताको सोमबार भएको खेलमा चात्या फुटबल क्लब झापा विजयी भएको छ । चात्याले डिफेन्डिङ च्याम्पियन ब्वाईज काठमाडौंलाई ३–२ गोलले हराएको हो । यो जितसँगैं झापाली टोली सेमिफाइनलमा पुगेको छ । खेलको पहिलो हाफको १० मिनेटमा काठमाडौंका लागि सविन राईले गोल गर्दै अग्रता दिलाए । तर, पहिलो हाफकै इन्जुरी समयमा झापाका लागि फागुराम थारुले गोल फर्काएर खेल १–१ बराबरीमा पु¥याएका थिए । दोस्रो हाफ सुरु भए लगत्तै झापाका मिलन राईले गोल गरेर २–१ को अग्रतामा राखे दगेन राईले गोल गरेर खेल २–२ को बराबरीमा पु¥याए । तर मिलन लिम्बुले गोल गरेपछि झापा ३–२ को अग्रतामा पुग्यो । यसपछि कुनै गोल हुन सकेन । म्यान अफ द म्याच झापाका मिलन राई घोषित भए । उनलाई ५ हजार रुपियाँ प्रदान गरिएको थियो । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्ने छन् । ८ टिम सहभागी प्रतियोगिता वैशाख ५ गते सकिनेछ ।


