इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं १, खारखोलाका नेपाली कांग्रेसका युवा नेता सन्तोष श्रेष्ठले माता तिर्थ औँसीको अवसरमा धार्मिक तथा सामाजिक कार्य गर्दै माता तिर्थ औशी मनाउनुभएको छ ।

श्रेष्ठले रामधुनी मन्दिरस्थित गौशालामा पुगेर त्यहाँ रहेका गाईहरूलाई खाद्यान्न सामग्री खुवाउनुका साथै मन्दिर परिसरमा रहेका बाँदरहरूलाई समेत भोजन गराउनुभएको हो । उहाँले यस कार्य मार्फत स्वर्गीय आमा प्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्मसन्तुष्टि प्राप्त भएको बताउनुभयो ।

यसअघि पनि उहाँले माता तिर्थ औँसीको अवसरमा धर्मशालामा साधु–सन्तलाई सम्मान तथा खाद्यान्न सहयोग गर्दै आउनुभएको थियो ।

खारखोला फुटबल क्लबका अध्यक्ष, वराहक्षेत्र नगर खेलकुद विकास समितिका सदस्य तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ (प्रदेश सभा २) का प्रदेश प्रतिनिधि समेत रहनुभएका श्रेष्ठले जन्मदिनका अवसरमा पनि वृक्षारोपण, चौकमा सीसीटीभी जडान तथा मन्दिर रंगरोगन जस्ता सामाजिक कार्य गर्दै आउनुभएको बताइएको छ ।