इटहरी / पिनाकल फिटनेस जिम पछिल्लो समय इटहरीमा स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै युवाहरूको पहिलो रोजाइ बन्दै गएको छ। आधुनिक उपकरण, अनुभवी प्रशिक्षक तथा स्वच्छ वातावरणका कारण यस इटहरीकै मुटु संगीत चोक मा रहेको यस जिमले छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको छ।
पिनाकल फिटनेस जिममा कार्डियो, वेट ट्रेनिङ, क्रसफिट, योग तथा व्यक्तिगत प्रशिक्षण जस्ता सेवाहरू उपलब्ध छन्। विशेषगरी व्यस्त जीवनशैली भएका युवाहरूलाई लक्षित गर्दै लचिलो समय तालिका र व्यक्तिगत फिटनेस योजना प्रदान गरिनु यस जिमको मुख्य विशेषता हो। प्रशिक्षकहरूको निगरानीमा सुरक्षित र प्रभावकारी अभ्यास गर्न सकिने भएकाले नयाँ सदस्यहरू पनि सहजै आकर्षित भइरहेका छन्।
जिमका व्यवस्थापकका अनुसार “स्वस्थ शरीर नै सफल जीवनको आधार हो” भन्ने उद्देश्यका साथ सेवा दिइँदै आएको छ। सदस्यहरूको आवश्यकताअनुसार डाइट प्लान तथा फिटनेस परामर्श पनि उपलब्ध गराइने हुँदा यहाँ आउनेहरू केवल शरीर निर्माण मात्र नभई समग्र स्वास्थ्य सुधारतर्फ उन्मुख भएका छन्।
युवाहरूमा बढ्दो जिम संस्कृतिको बीचमा पिनाकल फिटनेस जिमले गुणस्तरीय सेवा र सकारात्मक वातावरणमार्फत आफूलाई एक विश्वसनीय फिटनेस केन्द्रको रूपमा स्थापित गर्दै लगेको देखिन्छ। स्वास्थ्यप्रति सचेत बन्न चाहने जो–कोहीका लागि यो जिम एक उपयुक्त गन्तव्य बन्न सक्छ।

