इटहरी । धरानस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले वैशाख ९ गते ’एम.एच. लाउन्ज एण्ड बार ’ मा पहिलो पटक “हस्पिटालिटी अनवाइन्ड पार्टी” आयोजना गरिएको छ । 

लामो समयको अध्ययन, प्रयोगात्मक कक्षा र परीक्षाको व्यस्त तालिकाबाट विद्यार्थीहरूलाई थकाइ मेटाउन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लाइभ म्युजिक, स्वादिष्ट परिकार तथा पेय पदार्थका साथै डिजे सेसन, फ्लेयरिङ र मिक्सोलोजी जस्ता हस्पिटालिटी क्षेत्रका आकर्षक कलाहरू प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विविध प्रतिभाहरू प्रस्तुत गर्दै माहोललाई थप उत्साहपूर्ण बनाएका थिए । सो अवसरमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत सिइओ अभिषेक श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई मनोरञ्जन मात्र नभई ’जिम्मेवार क्लबिङ संस्कृति’ बुझ्न र व्यवहारिक ज्ञान हासिल गर्न मद्दत पुग्ने बताउनुभयो ।

सहभागी विद्यार्थीहरूले कक्षाकोठाको घेराभन्दा बाहिर निस्किएर नयाँ कुरा सिक्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै कलेजलाई धन्यवाद दिएका छन् । यस किसिमको एक्स्पोजरले होटल व्यवस्थापन पढ्दै गरेका विद्यार्थीहरूलाई भविष्यमा पब तथा क्लब क्षेत्रमा काम गर्न थप प्रेरणा दिएको विश्वास गरिएको छ । समग्रमा, उक्त “हस्पिटालिटी अनवाइन्ड पार्टी” कलेज र विद्यार्थी दुवैका लागि एक सफल र स्मरणीय कार्यक्रम बनेको छ ।