कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा लागू पदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम आज मिति २०८३ साल वैशाख १८ गते एक समारोहबीच उद्घाटन गरिएको छ।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा वैशाख १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने “प्रशिक्षक प्रशिक्षण (Training of Trainers)” तालिम माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री इन्द्रमणी पराजुलीको भन्नुभयो “लागू पदार्थ दुर्व्यसन आजको समाजका लागि गम्भीर चुनौती बनेको छ। यसबाट युवाहरूलाई जोगाउन सचेतना, शिक्षा र सामूहिक प्रयास अत्यन्त आवश्यक छ। स्काउटजस्तो अनुशासित र सामाजिक संस्था मार्फत सञ्चालन गरिएका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास लिएको छु। प्रदेश सरकारले पनि यस्ता अभियानलाई निरन्तर प्राथमिकता दिनेछ।”

FB_IMG_1777645942602

प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय कार्यकारी समिति सदस्य सुदर्शन भट्टराई, प्रदेश कार्यसमिति सदस्यहरू, प्रदेश परिषद् सदस्यहरू तथा स्थानीय प्रमुख आयुक्तहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तालिममा कोशी प्रदेशका ५० जना स्काउट लिडर तथा रोभर/रेन्जरहरूको सहभागिता रहेको छ। मुख्य प्रशिक्षकका रूपमा प्रदेश प्रहरी कार्यालय, रानीका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियाले सहजीकरण गरिरहनुभएको छ। साथै, सम्बन्धित क्षेत्रका अन्य विशेषज्ञहरूले पनि विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नेछन्।

FB_IMG_1777645938917

तालिम सम्पन्न भएपछि कोशी प्रदेशका २० वटा स्थानीय तहमा स्थानीय स्काउट कार्यालयहरूको व्यवस्थापनमा प्यानल डिस्कसन कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो।

FB_IMG_1777645934757