इटहरी। जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी ९झापा० र आयोजक रारा फुटबल क्लब ९राजारानी० भिड्ने भएका छन् ।
फाइनल खेल मङ्गलबार राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक रारा फुटबल क्लबले आरआइएफसी काठमाडौँलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले फ्रिकिकमार्फत निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्याउनुभएको हो । त्यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड एफसीले सलहेश फुटबल क्लब सिराहालाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । बिर्तामोड गत वर्षको विजेता टोली पनि हो ।
धनकुटाको चौबिसे गाउँपालिका–६, राजारानीमा रारा फुटबल क्लबको आयोजनामा वैशाख १८ गतेदेखि सुरु भएको प्रतियोगिता वैशाख २२ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपियाँ र उपविजेता टोलीले ३ लाख रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रत्येक खेलमा विधागत पुरस्कार तथा म्यान अफ दी म्याचको व्यवस्था गरिएको रारा फुटबल क्लबका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब ९मोरङ०, गाईघाट युनाइटेड क्लब ९उदयपुर०, डाँडाबजार फुटबल क्लब ९धनकुटा०, सलहेश युथ क्लब ९सिराहा०, बिर्तामोड युनाइटेड क्लब ९झापा०, आरआइएफसी ९काठमाडौँ०र धरान फुटबल क्लब ९सुनसरी० गरी आठ टोलीको सहभागिता रहेको छ ।


