National U-20 Athletics Championships 2026 पोखरामा सम्पन्न भएको छ। नेपाल एथलेटिक्स संघ (NAA) को आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघ (KDAA) को समन्वयमा सञ्चालन भएको उक्त ट्र्याक एण्ड फिल्ड प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।
प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले विभिन्न विधामा पदक जित्दै प्रदेशको गौरव बढाएका छन्। जसअनुसार:
स्वर्ण पदक: सोहेल मनसुरी (ज्याभ्लिन थ्रो)
रजत पदक: मन्दिरा महतारा (३००० मिटर), सुनिल दर्जी (२०० मिटर), आदित्य विश्वकर्मा (लङ जम्प)
कास्य पदक: सुजल मण्डल (१०० मिटर), बिनिशा रिजाल (१०० मिटर), एलिना लिम्बु (सटपुट), ममता कुमारी यादव (हाइजम्प)
कोशी प्रदेश छनोट संयोजक अनिरुद्र चौधरीको संयोजकत्वमा टोली तयार गरिएको थियो भने खेलाडीहरूको प्रोटिन व्यवस्थापन सत्यनारायण चौधरीले गर्नुभएको थियो। टिम व्यवस्थापनको जिम्मेवारी माधव भट्टराईले सम्हाल्नुभएको थियो।

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीहरूलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो, निमित्त सदस्य सचिव दुर्गा सिग्देलले सफलताको शुभकामना सहित विदाई गर्नुभएको थियो।

उक्त प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूको प्रदर्शनले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि थप उत्साह र सम्भावना बढाएको विश्वास गरिएको छ।


