इटहरी । कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि सुनसरीका खेलाडी  संगम गिरी  छनोट भएका छन्।

जिल्ला ब्याडमिन्टन संघ सुनसरीका अनुसार आगामी वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म काठमाडौंमा सञ्चालन हुने राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट १२ जना खेलाडी छनोट भएका हुन्। तीमध्ये सुनसरीबाट पुरुषतर्फ संगम गिरी छनोट भएका छन्। सुनसरीमा  सोमबार सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट विभिन्न जिल्लाका खेलाडीहरू राष्ट्रिय प्रतियोगिताका लागि चयन भएका हुन् ।

WhatsApp I

महिलातर्फ भोजपुरका नङ्सल तामाङ, उदयपुरकी रोजी राई, इलामका निसम सुब्बा, भोजपुरकी एन्जिला राई छनोट भएका छन् भने वैकल्पिक खेलाडीमा सुनसरीकी सविज्ञा दाहाल परेकी छन्। त्यस्तै पुरुष सिङ्गलतर्फ भोजपुरका विशाल तामाङ, इलामका दिवस शंकर र सुनसरीका संगम गिरी छनोट भएका छन्। वैकल्पिक खेलाडीका रूपमा झापाका घनेन्द्र बस्नेत चयन भएका छन्। जिल्ला ब्याडमिन्टन संघले छनोट भएका सम्पूर्ण खेलाडीलाई सफलताको शुभकामना दिएको छ।