इटहरी। प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताअन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ ।

कोशी प्रदेशले बागमती प्रदेश कबड्डी टोलीलाई ४०–२५ अंकले पराजित गरेको हो । खेलको ‘म्यान अफ द म्याच’ रोमान्स कर्ण घोषित हुनुभएको आयोजकले जनाएको छ । त्यसैगरी सोमबार भएको छैटौँ खेलमा एपीएफ क्लब विजयी भएको छ । एपीएफले मधेश प्रदेश कबड्डी टोली लाई ३६–१८ अंकले हराएको हो । उक्त खेलको ‘म्यान अफ द म्याच’ मनिषा जोशी घोषित हुनुभयो ।

यसअघि भएको खेलमा सुदूरपश्चिम प्रदेश कबड्डी टोलीले मधेश प्रदेशलाई ५१–२१ अंकले पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराएको आयोजक तरुणकुमार यादवले जानकारी दिनुभयो ।