इटहरी । लालीगुराँस एकेडेमी मा २०८३ जेठ १ गते ११ सदस्यीय लालीगुराँस बाल क्लब गठन गरिएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा सदीक्षा जिमीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

बालबालिकामा नेतृत्व क्षमता विकास गर्ने, सामाजिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय सहभागिता गराउने र विद्यालयस्तरमा सहकार्य तथा अनुशासनको भावना अभिवृद्धि गर्ने उद्देश्यले क्लब गठन गरिएको विद्यालयले जनाएको छ।

Messenger_creation_490E629F-48F7-43F5-B2B4-C4996A41AE45 1

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मुना कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले बाल क्लबले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न, आत्मविश्वास बढाउन तथा अतिरिक्त क्रियाकलापमार्फत सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो। नवगठित बाल क्लबले आगामी दिनमा विद्यालय तथा समुदायस्तरमा विभिन्न सचेतनामूलक, शैक्षिक र सामाजिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Messenger_creation_83517AAF-F3D3-4C5E-A7D0-07F12DE1FEFB 1