इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ६ स्थित सुन्दर दुलारी टोल विकास संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन कुमार खत्रीको अध्यक्षता तथा समाजसेवी देभराज तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष खत्रीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टोल विकास र स्थानीय बासिन्दाको हकहितका लागि संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले टोलको समग्र विकासका लागि स्थानीयवासीबीच एकता आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यसैगरी प्रमुख अतिथि तामाङले आगामी दिनमा टोल विकासका गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वार्षिक साधरण सभाको अवसरमा टोलका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, राष्ट्रिय खेलाडी तथा संस्थामा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई प्रमाणपत्र, खादा तथा मालासहित सम्मान गरिएको थियो ।

संस्थाका अनुसार चालु आर्थिक वर्षमा संस्थाको कुल खर्च ५ लाख रुपैयाँ रहेको छ । यसैबीच, सातौँ वार्षिकोत्सव तथा साधारण सभाबाट संस्थाको नयाँ कार्यसमिति समेत गठन गरिएको जनाइएको छ ।