इटहरी । ताप्लेजुङमा मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरिएको छ ।
मनसुनजन्य विपद् बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार र प्राथमिक उपचारमा केन्द्रित विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरिएको हो । जिल्लास्थित नेपाली सेनाको इन्द्रदल गुल्मले बिहीबार विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको हो । फुङ्लिङ नगरपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभानस्थित तमोर नदीमा नमुना अभ्यास प्रदर्शन गरिएको हो ।
इन्द्रदल गुल्ममा कार्यरत नेपाली सेना र सशस्त्र प्रहरीले विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेका थिए । बर्खायाममा मनसुनजन्य प्रकोप बाढीपहिरो र डुबानको सम्भावना रहने भएकाले उक्त विपद् जोखिम न्यूनीकरणका लागि नमुना अभ्यास प्रदर्शन गरिएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तालिम प्राप्त दक्ष जनशक्तिले बाढीको विपद्का बेला गरिने उद्धारको कृत्रिम अभ्यास गरेका बताइएको छ ।
नमुना अभ्यास प्रदर्शन कार्यक्रममा मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङगाम ९डम्बर०, प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक शिवराज सेढाइँ, इन्द्रदल गुल्मका गुल्मपति सेनानी उमेश खड्काको उपस्थिति रहेको थियो । त्यस्तै ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमेश जोशी, सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक लगायतको उपस्थिति रहेको थियो ।


