संखुवासभा । नेपाल खेलकुद महासङ्घ संखुवासभामा विजय कटुवालको संयोजकत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। नवगठित कमिटीलाई छिट्टै जिल्ला अधिवेशनमार्फत पूर्णता दिइने संयोजक विजय कटुवालले बताउनुभयो।

 कार्यक्रममा बोल्दै कटुवालले खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लाका खेलकर्मी तथा खेलप्रेमीलाई एकताबद्ध गर्दै खेलकुद गतिविधिलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।

Screenshot_2026-05-30-18-30-52-86_a23b203fd3aafc6dcb84e438dda678b6

कार्यक्रमका प्रमुख अतिथि  खाँदबारी नगरपालिका नगर उपप्रमुख एवं नेपाल खेलकुद महासङ्घ केन्द्रीय सचिवालय सदस्य महेश्वरा श्रेष्ठले खेलकुद क्षेत्र युवाहरूको क्षमता विकास र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो।

विशिष्ट अतिथि नेकपा एमाले संखुवासभा जिल्ला अध्यक्ष खड्ग राईले खेलकुदलाई सामाजिक रूपान्तरण र युवाको सकारात्मक परिचालनसँग जोडेर अगाडि बढाउनुपर्ने बताउनुभयो। त्यसैगरी तथा संगठन समन्वय विभाग प्रमुख लेखनाथ बुढाथोकी, नेकपा एमाले संखुवासभाको खेलकुद  इन्चार्ज जिल्लामान राईलगायतले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठन विस्तार र खेलकुद विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा विभिन्न खेलकर्मी, पार्टीका नेता–कार्यकर्ता तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले जिल्लाभर खेलकुद गतिविधि विस्तार, प्रतिभावान खेलाडीको पहिचान तथा खेलमैत्री वातावरण निर्माणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

IMG-20260530-WA0009