इटहरी । १२ औँ विश्व योग दिवसको अवसरमा मोरङको पथरी शनिश्चरेस्थित जीवनयोग प्रयोगशालाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
दिवसको सन्देशलाई वातावरण संरक्षणसँग जोड्दै प्रयोगशालाले १२ वटा ‘पिंक सावर’ प्रजातिका बिरुवा रोपेको हो। शनिबार बिहान नियमित योग साधना सम्पन्न गरेपछि पञ्चायत माध्यमिक विद्यालयको बोटानिकल गार्डेन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रम पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख आतिथ्यतामा भएको हो ।
सडक किनार तथा सार्वजनिक क्षेत्रलाई हरियाली र सौन्दर्ययुक्त बनाउने उद्देश्यले फूल फुल्ने ‘पिंक सावर’ प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ । कार्यक्रममा पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पथरी शनिश्चरे जीवनयोग प्रयोगशालाका संयोजक दीपक बस्नेत सहित सहभागीहरूले संयुक्त रूपमा वृक्षारोपण गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा पञ्चायत माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष युवराज बास्कोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
साथै, विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वडा नं. ७ का वडाध्यक्ष उद्धव बस्नेत, जीवनयोग प्रयोगशालाका प्रशिक्षकद्वय मदन गुरागाईं र कमला न्यौपाने लगायत योग साधकहरूको उल्लेख्य सहभागिता रहेको थियो। पथरी उद्योग वाणिज्य सङ्घ र पथरी शनिश्चरे जीवनयोग प्रयोगशालाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा रोपिएका बिरुवाहरू प्रमुख अतिथि वडाध्यक्ष नैना साम्पाङ राईले प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै पञ्चायत माध्यमिक विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा योग साधक युवराज बास्कोटाले योग र ध्यान मार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवद्र्धनका साथै वातावरण संरक्षणमा समेत योगदान पु¥याएको चर्चा गर्नुभएको थियो। प्रयोगशालामा हाल दैनिक रूपमा ३० देखि ३५ जना सम्म साधकहरूले नियमित योग अभ्यास गरिरहनुभएको छ ।

