इटहरी। ताप्लेजुङमा नगद र सुनको गहना चोरी गर्ने एक व्यक्तिलाई पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–३ निवासी अन्दाजी २० वर्षीय काजी खड्का पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जट्टासङ्खर यादवका अनुसार खड्काले सोही वडामा बस्ने ७५ वर्षीय मानबहादुर काङ्वा लिम्बूको घरबाट नगद १ लाख २३ हजार पाँचसय रुपियाँ र दस आना सुनको ढुङ्ग्री चोरी गरेका थिए।अनुसन्धानकै क्रममा सिरिजङ्गा गाउँपालिका–२, खाम्दिम्बेबाट काजी खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । पक्राउ परेका खड्काको साथबाट चोरी भएको नगद रकममध्ये ५८ हजार ४० रुपियाँ बरामद गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका खड्कालाई चोरी मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ ९३० बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।


