इटहरी । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, ईनरुवा नगर कमिटीले ४८ औँ पुस्पलाल स्मृति दिवसका अवसरमा सुनसरीको जिल्ला अस्पताल ईनरुवामा फलफूल बितरण कार्यक्रम गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीका सस्थापक महासचिव पुस्पलाल श्रेष्ठको स्मृतिमा अस्पतालमा वेड भर्ना भएर बसेका सम्पूर्ण बिरामीहरुलाई विभिन्न तहका नेता–कार्यकर्ता, वाम बुद्धिजीवीहरुको उपस्थितिमा फलफूल बितरण कार्यक्रम गरेको आयोजकले जनाएको छ। कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री राम प्रसाद मेहेता, ईनरुवा नगरपालिकाका पूर्वमेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, जिल्ला अध्यक्ष पर्शुराम यादव लगायतको उपस्थिति थियो।

त्यसैगरी कोशी प्रदेश कमिटी सदस्यहरू कालुराम गुरुङ , राज कुमार दंगाल, पुर्व कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौला तथा जिल्ला र नगर तहका नेता–कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष प्रेम पौडेलले गरेका थिए।


