इटहरी । इटहरीको पहिलो डायमण्ड सर्टिफाइड शोरुमका रूपमा परिचित ओम साई डायमण्डको नयाँ शोरुम औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
न्यु ओम साई गहना गृहको २१ औँ वार्षिकोत्सवको अवसर पारेर नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो। लामो समयदेखि इटहरीमा सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएको न्यु ओम साई गहना गृहले ग्राहकको विश्वास र साथलाई निरन्तरता दिँदै नयाँ पुस्ताको रोजाइ अनुसार डायमण्ड गहनाको सेवा विस्तार गरेको जनाएको छ। नयाँ शोरुमको उद्घाटन अवसरमा ग्राहकलाई लक्षित गर्दै डायमण्डका गहनामा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, नेपाली महिलाहरूको प्रमुख पर्व तीज तथा आगामी चाडपर्वलाई लक्षित गर्दै सुनका गहनामा समेत विशेष छुटको व्यवस्था गरिएको सञ्चालकले जनाएको छ।
ओम साई डायमण्डमा ग्राहकले आफ्नो रोजाइ र आवश्यकताअनुसार विभिन्न आकर्षक डिजाइनका प्राकृतिक हिरा जडित गहना खरिद गर्न सक्नेछन्। यहाँ उपलब्ध डायमण्ड प्रमाणित हुने भएकाले ग्राहकले गुणस्तर र विश्वसनीयताका साथ गहना खरिद गर्न सक्ने अवसर रहेको ओम साई डायमण्डका सञ्चालक प्रकाश लामिछानेले बताउनुभयो।
शोरुम उद्घाटनको दिन ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेष छुट, आकर्षक डिजाइन तथा प्रमाणित प्राकृतिक हिराका गहना उपलब्ध भएपछि ग्राहकहरू उत्साहित देखिएका थिए। ग्राहकहरूले चाडपर्वको अवसरमा गुणस्तरीय गहना छुट सहित खरिद गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । तीज तथा आगामी चाडपर्वलाई लक्षित गरी डायमण्डका गहनामा ५० प्रतिशत सम्म छुट र सुनका गहनामा विशेष छुटको व्यवस्था गरिएकाले ग्राहकका लागि यो अवसर थप आकर्षक बनेको छ । नयाँ पुस्ताको रोजाइ र बदलिँदो बजार मागलाई ध्यानमा राख्दै आधुनिक डिजाइनका डायमण्ड गहना उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको ओम साई डायमण्डले जनाएको छ ।


