इटहरी  । जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २४ गते कोशी प्रदेशका विभिन्न जिल्लाका ११ जना सहिद भए । नेपाल सरकारले आन्दोलनका व्रmममा मृत्यु भएकालाई सहिद घोषणा गरेको थियो । सरकारले कोशी प्रदेशका विभिन्न स्थानका ११ जना सहिद घोषणा गरेको थियो । आन्दोलनका क्रममा धरान र विराटनगरका भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा भेटिएका पाँच जनाको भने अहिलेसम्म सनाखत हुन सकेको छैन ।   गृह मन्त्रालयको आधिकारिक सूची अनुसार मोरङका श्रीयम चौलागाईं, सुनसरीका अभिषेक श्रेष्ठ, मोहन सरदार र साजन राई, झापाका ज्ञानिन्द्र सेढाईं र दिनेश राजवंशी, पाँचथरका कमल भण्डारी, उदयपुरका सन्तोष विश्वकर्मा र सारकुमार राई, धनकुटाका छत्रमान कुथुमी तथा सङ्खुवासभाका प्रवीण कुलुङ सहिद हुनुभयो ।  

सुनसरीको इटहरीमा भदौ २३ गते भएको प्रदर्शनका  प्रहरीको गोली लागेर इनरुवा–६ का अभिषेक श्रेष्ठ र इटहरी–१४ का मोहन सरदारको मृत्यु भएको थियो । धरान–२२ का साजन राईको पनि आन्दोलनका व्रmममा मृत्यु भएको थियो । झापाको बिर्तामोडमा भएको झडपमा ज्ञानिन्द्र सेढाईं र कमल भण्डारीको मृत्यु भएको थियो भने दिनेश राजवंशीको उपचारका क्रममा मृत्यु भएको थियो ।   आन्दोलनका क्रममा सुनसरी र मोरङमा ठुलो सङ्ख्यामा प्रदर्शनकारी तथा सुरक्षाकर्मी घाइते भएका थिए । इटहरीमा भएको झडपमा घाइते भएकाको धरान र विराटनगरका अस्पतालमा उपचार गरिएको थियो ।   गत वर्ष भएको आन्दोलनको सबैभन्दा रहस्यमय पाटो भने भाटभटेनी सुपर स्टोरमा भेटिएका शव बनेका छन् । आन्दोलनका व्रmममा धरानस्थित भाटभटेनीमा आगलागीपछि चार जनाको शव जलेको अवस्थामा भेटिएको थियो । अत्यधिक जलेका कारण शव पहिचान गर्न कठिन भएको र डिएनए परीक्षणसमेत सफल हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबाबु राईले जानकारी दिनुभयो ।       चार शवमध्ये एक जनालाई मोबाइलको लोकेसनलगायत विवरणका आधारमा आफ्नो श्रीमान् हुन सक्ने भन्दै एक महिलाले दाबी गरे पनि प्रहरीले त्यसलाई औपचारिक रूपमा पुष्टि गर्न सकेको छैन । अन्य तीन शवका सम्बन्धमा अहिलेसम्म कसैले दाबी गरेका छैनन् । 


विराटनगरस्थित भाटभटेनीमा आगलागीपछि सरसफाइ गर्ने व्रmममा एक जनाको जलेको शव भेटिएको थियो । उक्त शवको समेत अहिलेसम्म सनाखत हुन सकेको छैन । यसरी धरानका चार र विराटनगरको एक गरी पाँच जनाको शव पहिचानविहीन अवस्थामा रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको र तीमध्ये झापाको बिर्तामोडमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका तीन र सुनसरीको इटहरीमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका दुईसहित सनाखत भएका पाँच जनालाई सरकारले सहिद घोषणा गरेको थियो । कोशी प्रदेशबाट सहिद भएका ११ जनामध्ये बाँकी छ जनाको भने राजधानी काठमाडौँमा भएको आन्दोलनका व्रmममा मृत्यु भएको थियो । आन्दोलनका व्रmममा कोशी प्रदेशमा २२४ जना घाइते भएका थिए ।   आन्दोलनको एक वर्ष पुगिसक्दा पनि पहिचान खुल्न नसकेका पाँच शवको वैज्ञानिक परीक्षण र घटनाको थप अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठिरहेको छ । 

आन्दोलनबाट प्रदेश सरकारका कार्यालयका भवन, फर्निचर, विद्युतीय उपकरण, कागजात र सवारीसाधनमा ठुलो क्षति पुगेको थियो । कतिपय महŒवपूर्ण अभिलेखसमेत नष्ट भएका थिए । तत्काल सेवा रोकिँदा सर्वसाधारणलाई परेको समस्या कम गर्न सरकारले वैकल्पिक स्थानबाट सेवा सञ्चालन गरेको थियो । त्मक पक्ष भए पनि करोडौँ रुपियाँको सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति अझै पूर्ण रूपमा हुन नसकेको बताउनुभयो ।