इटहरी। उदयपुरको बेलका नगरपालिका वडा नं।–८ बोफताङ्गस्थित आहाले डाँडाको जमिन धसिएर शुक्रवार राति गएको पहिरोमा परी विस्थापित भएका चार घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी उदयपुरले आइतबार राहत सामग्री वितरण गरेको छ ।
रेडक्रस उदयपुरका सभापति मदनराज कटुवालका अनुसार आहाले डाँडा धसिएर गएको पहिरोमा परी विस्थापित चार वटा घरपरिवारका २९ जना सदस्यहरूलाई तत्काल राहतयोग्य सामग्रीहरू वितरण गरिएको हो ।
विस्थापितहरू मेहेरमान राई, विरसिंघ राई, बमप्रसाद राई र अरुण राईको परिवारलाई त्रिपाल, कम्बल, म्याट्रेस, बोरा र टेन्ट एक–एक सेट सामग्री वितरण गरेको हो ।

