इटहरी। सप्तकोशी नदीको जलसतह मंगलबार बिहान ११स्१५ बजेसम्म पनि खतराको बिन्दुमा रहेको छ।

कोशी परियोजनाले जारी गरेको सूचनाअनुसार बिहान ११स्१५ बजे सप्तकोशीमा १ लाख ६६ हजार २६५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो परिमाण गएरातिको तुलनामा कम हो।

हाल सप्तकोशी ब्यारेजबाट बिहारतर्फ पानीको बहाव सहज बनाउन २० वटा ढोका खुला राखिएको छ। यसअघि ब्यारेजका २६ वटासम्म ढोका खोलिएको थियो।

जलसतह खतराको बिन्दुमा रहेकाले कोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।