इटहरी । एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित व्यक्तिहरूको सहयोगका लागि ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
उक्त रकम मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री राहत कोषको बैंक खातामा जम्मा गरिएको हो। एबी ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक भीम घिमिरे र उनको परिवारका तर्फबाट उक्त सहयोग प्रदान गरिएको हो। घिमिरे परिवारले रकम सानो भए पनि बाढीबाट प्रभावित पीडितलाई केही सहयोग पुग्ने र उनीहरूलाई राहत तथा सहयोगका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ।
‘यो हाम्रो सानो प्रयास हो, तर हामी विश्वास गर्छौं कि सँगै मिलेर हामी समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं,’ घिमिरे परिवारले जारी गरेको प्रेस नोटमा भनिएको छ। परिवारले आफ्नो यो सानो योगदानले अन्य व्यक्ति तथा संस्थालाई पनि विपद्मा परेकाहरूको सहयोगका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।


