इटहरी। झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा बजार क्षेत्रमा डेरा लिएर लागुऔषधको कारोबार गर्दै आएका एकजना कारोबारी पक्राउ परेका छन् ।

मंगलवार  राति १० बजेतिर कन्काई वडा नं। ३ सुरुङ्गामा डेरा कोठाभाडामा बस्दै आउनुभएका ३५ वर्षीय बादशाह भन्ने फियाज मोमिन लागुऔषध बिक्री गर्दै गर्दा पक्राउ पर्नुभएको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रवि राईको कमाण्डमा खटिएको टोलीले उहाँको साथबाट प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम ९१३९ पोका० ब्राउनसुगर फेला पारेको हो  ।

त्यस्तै, नाइट्रोजन ६ पत्ता ६० पिस, नगद १२ हजार, एक थान डिजिटल तराजु र दुई थान मोबाइल पनि बरामद गरिएको छ । पक्राउ परेका मोमिनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खुल्ला सिमानाका कारण झापामा लागुऔषध कारोबारी र सेवनकर्ताहरूको सङ्ख्यामा बढ्दै गएकाले थप निगरानी बढाउनुपर्ने सरोकारवाला बताउँछन् ।