इटहरी स् इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा वुधवार राति बुलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३७०६ नम्बरको बुलेरो बिहान भित्री सडकखण्डमा पल्टिएको थियो। दुर्घटनामा बुलेरो चालक देउमाई–१ चमैता बस्ने करिब ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुलेरो सडकमा पल्टिएपछि चालक बस्नेतलाई सोही गाडीले थिचेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जानकारी सोमबार बिहान करिब ६ बजे प्रहरी चौकी रक्सेमा पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। ट्राफिक प्रहरीसहित चार जनाको टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार दुर्घटनाका बेला बुलेरोमा चालक बस्नेत मात्रै सवार थिए। घटनास्थल प्रहरी चौकी रक्से, इलामबाट करिब २५ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्छ। बुलेरो सडकमा पल्टिनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


