इटहरी । स्वदेशमै उत्पादन भएका जुत्ता तथा चप्पलको प्रवद्र्धन गर्दै आएको नेपाली जुत्ता घरले धरानमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। 

इटहरी र विराटचौकमा शाखा सञ्चालन गरिसकेको नेपाली जुत्ता घरले आफ्नो तेस्रो शाखाका रूपमा धरान–१२, महेन्द्र पथ स्थित एनआईसी एसिया बैंकको तल्लोपट्टि रहेको नयाँ मार्केटमा शाखा सञ्चालनमा ल्याएको हो। धरान शाखामा १०० प्रतिशत स्वदेशी उत्पादन मात्रै बिक्रीका लागि राखिएको सञ्चालिका रोजिना पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली जुत्ता घरमा रन सुज, स्मार्ट सुज, फस्र्टवाक सुज, शुल्याण्ड र बीएफ डियर हिल सुज गरी पाँचवटा नेपाली ब्राण्डका जुत्ता तथा चप्पल उपलब्ध छन्। ग्राहकको फरक–फरक आवश्यकता र रोजाइलाई ध्यानमा राखेर एक हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पल राखिएको पोखरेलले बताउनुभयो ।

बालबालिकादेखि जेनजी, युवा तथा वृद्ध वृद्धा सम्मका लागि उपयुक्त जुत्ता–चप्पल उपलब्ध रहेको उहाँको भनाइ छ। त्यसैगरी आमा, दिदीबहिनीका लागि विभिन्न डिजाइन, आकार र मोडलका जुत्ता तथा चप्पलसमेत उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । हप्ताको सातै दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने सोरुममा शाखा उद्घाटन तथा आसन्न चाडपर्वलाई लक्षित गरी १० देखि ५० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरिएको छ। स्वदेशी उद्योग, व्यवसाय र रोजगारीलाई प्रोत्साहन गर्न नेपाली उत्पादन नै प्रयोग गर्न सञ्चालिका पोखरेलले आग्रह गर्नुभएको छ ।