इटहरी । नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले इटहरीमा आफ्नो १० औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।
शनिबार इटहरीमा एक कार्यक्रमबीच कम्पनीले नयाँ बिक्री केन्द्रको उद्घाटन गरेको हो। इटहरीमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालमा अल्टिमाको खुद्रा सञ्जाल थप विस्तार भएको छ। कम्पनीका अनुसार धरान, दमक र जनकपुरपछि इटहरीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको हो। नयाँ बिक्री केन्द्रबाट ग्राहकले स्मार्ट घडी, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंक लगायत अल्टिमाका विभिन्न उत्पादन प्रत्यक्ष हेर्न, अनुभव गर्न र खरिद गर्न सक्नेछन्। १०औँ बिक्री केन्द्र उद्घाटनको अवसरमा कम्पनीले ग्राहक लक्षित विभिन्न छुट तथा उपहार योजना सार्वजनिक गरेको छ। उद्घाटनकै दिन इटहरी बिक्री केन्द्रबाट अल्टिमाको कुनै पनि उत्पादन खरिद गर्ने पहिलो १० जना ग्राहकलाई निःशुल्क अल्टिमाको ग्याजेट प्रदान गरिने महाप्रबन्धक प्रज्वल ढकालले जानकारी दिनुभयो ।
अडियो तथा पहिरनयोग्य प्रविधिका उत्पादनका लागि चर्चित ब्रान्ड ‘अल्टिमा लाइफस्टाइल’ले इटहरीमा आफ्नो १०औँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। यससँगै इटहरी र आसपासका ग्राहकलाई अल्टिमाका उत्पादन प्रत्यक्ष हेर्ने, अनुभव गर्ने र खरिद गर्ने सुविधा मिलेको छ। सोही अवसरमा कम्पनीले असोज १० गतेसम्मका लागि विशेष छुट तथा अफर योजना समेत सार्वजनिक गरेको छ। अभियानअन्तर्गत दैनिक पहिलो ९९ जना खरिदकर्ताका लागि बुम स्लिक इयरबड्स ९ सय ९९, बुस्ट २० हजार प्रो पावर बैंक २ हजार ९ सय ९९, फ्लेक्स स्मार्टवाच २ हजार १९९ तथा क्लियर माइक र मार्भल स्पिकर २ हजार ९ सय ९९ मा उपलब्ध गराइएको छ ।
त्यस्तै, नयाँ उत्पादनतर्फ अल्टिमा औरा ३ हजार ४ सय ९९, बास ४३० हेडफोन १ हजार ९ सय ९९ र बुम बक्स १३० को १९ हजार ९ सय ९९ को विशेष मूल्यमा सार्वजनिक गरिएको छ । यसैगरी, ८ हजारभन्दा बढीको खरिदमा इयरबड्स, १० हजारमा पावर बैंक र १२ हजारभन्दा बढीमा स्मार्टवाच निःशुल्क पाइनेछ । ‘भाग्यचक्र घुमाउनुहोस्’ योजनामार्फत थाइल्यान्डको जोडी भ्रमण, सुनका सिक्का, एसी, टिभी र वासिङ मेसिन गरी कुल २० लाख रुपैयाँ बराबरका पुरस्कार जित्ने अवसर समेत दिइएको छ। सम्पूर्ण उत्पादनमा ६० प्रतिशतसम्म छुट रहेको यो अफर सामानको उपलब्धता र तोकिएका सर्तका आधारमा लागू हुनेछ ।


