इटहरी। सुनसरीको इनरुवा नगरपालिका–१० जल्पापुरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
चम्राही टोलमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एक हजार चार सय ५४।८७ केजी ९साढे १४ क्विन्टल बढी० गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार भोक्राहा नरसिंह गाँउपालिका वडा नं। ५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई को १ च ८२७९ नम्बरको टाटा पिकअप गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएको गाँजा, पिकअप गाडी र नियन्त्रणमा लिइएका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।


