इटहरी । शटल धनकुटा स्पोट्र्स क्लबको आयोजनामा धनकुटामा सञ्चालित तीन विधाको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय ‘बी लेभल’ पुरुष डबल्सको उपाधि प्रतिक विष्ट र कर्ण तामाङको जोडीले जितेको छ।

उनीहरूले सञ्जोकहाङ लिम्बू र प्रकाश राईको जोडीलाई सोझो सेटमा पराजित गरे। यस विधामा अनमोल बुर्जा मगर र उत्सब उप्रेती तथा विशाल पराजुली र रोमिन राईको जोडी तेस्रो भएका छन्। यस्तै, राष्ट्रियस्तरीय भेट्रान्सतर्फ शिखर श्रेष्ठ र इन्द्रकुमार योङहाङको जोडीलाई पराजित गर्दै गणेश राई र दिपक आङ्दाम्बेको जोडीले उपाधि हात पारेको छ। यस विधामा मनोज लिम्बू र विजेन प्रधान तथा राम योञ्जन र श्रवण कुमार चौधरीको जोडी तेस्रो बने। त्यसैगरी, जिल्लास्तरीय ‘बी लेभल’ तर्फ दिपक भुजेल र दुर्गा बस्नेतको जोडीलाई हराउँदै करण लिम्बु र विपन गौतमको जोडी प्रथम भएको छ। यस विधामा अनिल आले र ललित घिमिरे तथा दिपक लामा र दिपक बस्नेतको जोडी तेस्रो स्थान हासिल गर्न सफल भए ।

प्रतियोगिताको प्रदेशस्तरीय बी लेभलका उपाधि विजेता जोडिले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता जोडीले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो बनेका २ जोडिले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै राष्ट्रियस्तरिय भेट्रान्स तर्फका उपाधि विजेता जोडिले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता जोडीले २४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् भने तेस्रो बनेका २ जोडिले ८÷८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरि जिल्लास्तरीय बी लेभल तर्फका उपाधि विजेता जोडिले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, उपविजेता जोडीले १८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् भने तेस्रो बनेका २ जोडिले ६÷६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । समापन समारोहमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ लगायतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।