इटहरी। सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीस्थित बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन भएको छ ।
आइतबार अचानक चलेको असाधारण हावाहुरीका कारणले स्थानीय ३५ वर्षीया सीता यादवको निधन भएको हो । बर्जु ताल क्षेत्रभित्र घाँस काट्न गएकी घाइते यादवलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा निधन प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनुभएकी यादवलाई उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्थानीयबासीका अनुसार बर्जु ताल आसपासको क्षेत्रमा घाँस काटिरहेका बेला अचानक हावाहुरी चलेपछि एउटा ठूलो रुख ढलेर ती महिलामाथि खसेको थियो । घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा


