इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिका वडा नं। २० को वडा अधिवेशनबाट चार जना क्षेत्रीय प्रतिनिधि निर्विरोध तथा सर्वसम्मत निर्वाचित भएका छन्।
वडा कार्यसमितिका सभापति अर्जुन बस्नेतको नेतृत्वमा सम्पन्न वडा अधिवेशनबाट मणिराम श्रेष्ठ, सिजन गुरुङ, सुबेक्छु देवान र तनुज गुरुङ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध तथा सर्वसम्मत निर्वाचित भएका हुन्।
क्षेत्रीय प्रतिनिधिमा निर्वाचित श्रेष्ठ, गुरुङ, देवान र गुरुङलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ प्रतिनिधिहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


