इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकमा आधुनिक सौन्दर्य सेवासहित ‘शान्वी ब्युटी पार्लर मेकअप एण्ड नेल स्टुडियो’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच सिर्जनशील समाजकी अध्यक्ष निरु बजगाईंले रिबन काटेर पार्लरको उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमै गुणस्तरीय तथा आधुनिक सौन्दर्य सेवा उपलब्ध गराउने उद्देश्यले सवनम श्रेष्ठको सञ्चालनमा शान्वी ब्युटी पार्लर स्थापना गरिएको हो। महिला तथा युवतीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको पार्लरमा मेकअप, नेल केयर, हेयर केयर, फेसियल, स्किन केयर, ब्राइडल मेकअप लगायत सौन्दर्यसँग सम्बन्धित विभिन्न सेवाहरू उपलब्ध हुने सञ्चालिका श्रेष्ठले जानकारी दिनुभयो ।
सञ्चालिका सवनम श्रेष्ठले विराटचोक तथा आसपासका क्षेत्रका ग्राहकलाई स्थानीयस्तरमै सहज, आधुनिक र गुणस्तरीय सौन्दर्य सेवा उपलब्ध गराउने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो । पार्लरले उद्घाटनको अवसरमा ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष छुट तथा आकर्षक अफरसमेत सार्वजनिक गरेको छ। उद्घाटनको अवसरमा विभिन्न सेवामा एक साता सम्म विशेष छुटको व्यवस्था गरिएको सञ्चालिका श्रेष्ठले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि निरु बजगाईंले नयाँ व्यवसायको सफलताको शुभकामना दिँदै स्थानीय क्षेत्रमा सौन्दर्यसम्बन्धी सेवा विस्तार हुनु सकारात्मक भएको बताउनुभयो । उहाँले व्यवसायलाई निरन्तरता दिँदै ग्राहकको विश्वास जित्न सफल हुने विश्वास व्यक्त गर्दै पार्लरको सफलताको शुभकामना दिनुभयो ।
बढ्दो सौन्दर्य सेवाको मागलाई ध्यानमा राख्दै सञ्चालनमा आएको शान्वी ब्युटी पार्लरले ग्राहकको आवश्यकता, रुचि र समय अनुकूल सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। आगामी दिनमा ग्राहकको मागअनुसार थप नयाँ तथा आधुनिक सेवाहरू विस्तार गर्दै लैजाने पार्लरले जनाएको छ। शान्वी ब्युटी पार्लर सुन्दरहरैँचा–१०, विराटचोकमा पूर्व जाने हाइवे रोडबाट माथि, कोशी डेन्टल सेन्टर रहेको सटरमा सञ्चालनमा आएको हो ।


