इटहरी स् झापामा हिंसापीडितका लागि सञ्चालनमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी० बाट एक वर्षमा १६२ जनाले सेवा लिएका छन्।
भद्रपुरस्थित प्रादेशिक अस्पतालमा सञ्चालित केन्द्रबाट आर्थिक वर्ष २०८रर८३ मा सेवा लिनेमा १५९ महिला, दुई पुरुष र एक जना अन्य रहेको केन्द्रले जनाएको छ। केन्द्रमा पुगेका पीडितमध्ये सबैभन्दा ठूलो संख्या १५ देखि १८ वर्ष उमेर समूहको छ। यो उमेर समूहका ५७ जनाले सेवा लिएका छन्। त्यस्तै १९ देखि ४९ वर्ष उमेर समूहका ५१ जना र १० देखि १४ वर्ष उमेर समूहका ३६ जना छन्। १० वर्षभन्दा कम उमेरका १५ जना बालबालिकाले समेत हिंसापछि केन्द्रबाट सेवा लिएका छन्। ५० देखि ६० वर्ष उमेर समूहका एक जना र ६० वर्षभन्दा माथिका दुई जना रहेको केन्द्रको तथ्याङ्क छ।
जबर्जस्ती करणीका पीडित बढी
ओसिएमसीमा सेवा लिन पुगेका पीडितमध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीका छन्। आर्थिक वर्ष २०८२र८३ मा जबर्जस्ती करणीका १०६ जना केन्द्रको सम्पर्कमा आएका छन्। त्यस्तै यौनजन्य दुर्व्यवहारका २४ जना, मानसिक हिंसाका १२ जना र शारीरिक हिंसाका ११ जनाले सेवा लिएका छन्। अपहरणका पाँच जना तथा बेवारिसे अवस्थामा भेटिएका चार जनाले समेत केन्द्रबाट सेवा पाएको तथ्याङ्कमा उल्लेख छ। पीडितलाई एउटै स्थानबाट आवश्यक स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले ओसिएमसी सञ्चालन हुँदै आएको छ।
अघिल्लो वर्षभन्दा १८ जना बढी
ओसिएमसीबाट सेवा लिने हिंसापीडितको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको देखिएको छ। आर्थिक वर्ष २०८१र८२ मा केन्द्रबाट १४४ जनाले सेवा लिएका थिए। त्यसको तुलनामा आर्थिक वर्ष २०८२र८३ मा सेवा लिनेको संख्या १८ जनाले बढेर १६२ पुगेको हो। तथ्याङ्कले हिंसामा परेका पीडितमध्ये किशोरावस्थाका बालबालिकाको संख्या उल्लेख्य रहेको देखाएको छ। विशेषगरी १५ देखि १८ वर्ष उमेर समूहमा ५७ जना पीडित भेटिनुले बालबालिका तथा किशोरीमाथि हुने हिंसाको अवस्था थप संवेदनशील रहेको देखाउँछ।


