इटहरी। जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार असोज ६ गते पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङस्थित तिवारीभञ्ज्याङ चोकमा शंकास्पद व्यक्तिमाथि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधि फेला परेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको सादा पोसाकको टोली र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा पौवादुङ्मा गाउँपालिका–२ का २५ वर्षीय पुष्पराज आले मगर र ऐंसेलुखर्क गाउँपालिका–६ का ३८ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ३८० क्याप्सुल ट्रमाडोल र १०० ट्याब्लेट डाइसाइक्लोमिन हाइड्रोक्लोराइड ९डाइसाइक्लो–२०० बरामद भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई भोजपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।