इटहरी । हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यु’ इटहरीमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ ।
हुन्डाईका लागि कोशी प्रदेशको आधिकारिक बिक्रेता मार्फत उक्त नयाँ मोडल बिक्री–वितरणका लागि बजारमा ल्याइएको हो। इटहरीमा आयोजित कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जीवन पराजुलीले गाडीको औपचारिक अनावरण गर्नुभयो। कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र इटहरी पछिल्लो समय ’अटो हब’का रूपमा तीव्र गतिमा विकसित भइरहेको बताउनुभयो। हुन्डाईले आकर्षक फिचर र आधुनिक प्रविधिसहित नयाँ मोडल ल्याएकाले यस ‘अल–न्यु भेन्यु’ले स्थानीय ग्राहकहरूको मन जित्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी फिचर र सुरक्षालाई प्राथमिकता दिँदै नयाँ भेन्यु बजारमा आएको छ । यसको बाहिरी भागमा ट्विन हर्न एलईडी डीआरएल, डार्क क्रोम ग्रिल र होराइजन रियर ल्याम्प प्रयोग गरिएको छ। भित्री भागमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल क्लस्टर र पावर्ड सनरुफ जस्ता आधुनिक सुविधाहरू छन्। पूर्वी नेपालका ग्राहकहरूको उच्च मागलाई ध्यानमा राख्दै यो गाडी अब इटहरी र विराटनगरबाटै उपलब्ध गराइएको नेशनल सेल्सहेड दिवाकर रेग्मीले बताउनुभयो।
अल–न्यु भेन्युमा १.२ लिटर एमपीआई पेट्रोल र १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनका विकल्प उपलब्ध छन् । कम्पनीका अनुसार यसले दैनिक यात्राका लागि सहज प्रदर्शनदेखि थप प्रतिक्रियाशील टर्बो पर्फमेन्स सम्मको विकल्प दिन्छ । कम्पनीका अनुसार सुरक्षातर्फ ६ वटा एयर ब्याग, एबीएस सहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम) र हिल–स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) लगायतका सुविधा राखिएका छन् । नेपालमा नयाँ भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
यो गाडी मुख्यतः तीन भेरियन्टमा उपलब्ध छ । जसमा एचएक्स २ (१ ह्जार १ सय ९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१ ह्जार १ सय ९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९ सय ९८ सीसी पेट्रोल) रहेको कम्पनीले जनाएको छ । नयाँ भेन्यु बिहिबारदेखी विराटनगर र इटहरीस्थित हुन्डाई सोरुममा उपलब्ध भइसकेको जनाइएको छ । ग्राहकले सोरुममै पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर तथा पर्फमेन्सबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।


