सुन्दरहरैंचा । सुन्दरदुलारी लायन्स क्लबको वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमितिको इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा महेश चौधरीले क्लब प्रेसिडेन्टको जिम्मेवारी सम्हाल्नुभएको छ। कार्यक्रममा प्रथम महिला सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको समेत उपस्थिति रहेको थियो।

क्लबका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा मोरङ जिल्ला समन्वय समिति प्रमुख अजम्बर राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, सुन्दरहरैंचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

IMG-20260925-WA0004

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘C’ का डिस्ट्रिक्ट गभर्नर लायन लीला चिमरिया, प्रथम महिला लता चिमरिया इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता कुमारी चौधरी लगायत लायन्स क्लबका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।

IMG-20260925-WA0007

इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रममा नयाँ नेतृत्वलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै आगामी कार्यकालमा सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय केन्द्रित गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले लायन्स क्लबले स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, सामाजिक सेवा तथा समुदायको हितमा गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत सेवामूलक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

IMG-20260925-WA0008