इटहरी स् माई नगरपालिका १, बैधारे बस्ने सचिन राईको घरमा आगलागी भएको छ । ढुङ्गा९माटो तथा टिनको छानो भएको दुई तल्ले घरमा विद्युत् सर्ट भइ आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आगलागीबाट घर तथा घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा र नगद रकम लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन्। आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ। मानवीय र चौपाया क्षति नभएको बताइएको छ ।


