इटहरी। नेपाल माहेश्वरी परिषद्को तर्फबाट एनएमपी माहेश्वरी सेवा कोषमार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग रकम प्रदान गरिएको छ।

विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोग रकम जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल माहेश्वरी परिषद्का अध्यक्ष गोविन्द कृष्ण सोनी, एनएमपी माहेश्वरी सेवा कोषका प्रबन्ध न्यासी बेनीगोपाल मुन्दडा, नेपाल माहेश्वरी परिषद्का प्रमुख सल्लाहकार महेशजी सोनी, महासचिव विकास कुमार सारडा, कोषाध्यक्ष कमल किशोर राठी, अखिल भारतवर्षीय माहेश्वरी महासभाका कार्यकारिणी मण्डल सदस्य अमितजी सारडा तथा माहेश्वरी समाज विराटनगरका अध्यक्ष मुकेशजी राठी लगायतको उपस्थिति रहेको थियो।

नेपाल माहेश्वरी परिषद्ले विपद्को यस कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको सहयोगले प्रभावित नागरिकका लागि सञ्चालन हुने राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।