इटहरी। कोशी, नारायणी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ ।
बाढी पूर्वानुमान बुलेटिनअनुसार बागमती, पश्चिम राप्ती र बबई नदीको जलसतहसमेत सतर्कता तह नजिक पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका प्रमुख नदीहरूको आगामी तीन दिनको जलसतह पूर्वानुमान गरिएको छ । पूर्वानुमानमा पहेँलो र सुन्तला रङमा देखाइएका नदी किनार तथा जिल्लामा बसोबास गर्ने नागरिकलाई सतर्क तथा उच्च सतर्क रहन आग्रह गरिएको छ ।


